दैलेख : सरोकारवालाहरूले विपद्का वेला आइपर्ने विभिन्न खाले जोखिममा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखको आयोजनामा सम्पन्न दुई दिने बिपद् प्रतिकार्य सम्बन्धी समापन गोष्ठी कार्यक्रममा बोल्दै सरोकारवालाहरूले यस्तो बताएका हुन् ।
बिपद् प्रतिकार्य सम्बन्धी समापन गोष्ठीमा बोल्दै कर्णाली प्रदेशसभा सदस्य पूर्ण बहादुर खत्रीले रेडक्रसको मुख्य उद्देश्य मानवीयता रहेकाले मानव सेवामा ध्यान दिँदै विपद् जोखिमका समयमा ध्यान दिनुपर्ने बताए । उनले रेडक्रसको पहिलो उद्देश्य मानव सेवा रहेकाले स्थानीय तहसँगको समन्वयमा मानव सेवाका लागि काम गर्नुपर्ने बताए ।
कर्णाली प्रदेशसभा सदस्य घनश्याम भण्डारीले सबैले मानवीयताका लागि काम गर्नुपर्ने बताउँदै दुई दिने तालिमबाट सिकेका कुराहरू व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् । उनले पछिल्लो समय सार्वजनिक सम्पत्तिमा विपद्का घटना बढ्ने गरेकाले सार्वजनिक सम्पत्ति जोगाउन सबै एक भएर लाग्नुपर्ने बताए ।
उनले कर्णाली प्रदेश भूकम्पको उच्च जोखिममा रहेकाले पनि पछि हुनसक्ने विपत्तिबाट जोगिन सबै सजक हुनुपर्ने बताए । उनले रेडक्रसलाई मानवीय साहेताका लागि गाउँ गाउँसम्म पु¥याउनु पर्नेमा जोड दिएका छन् ।
दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले विपद्लाई रोक्नका लागि व्यवस्थित विकासमा जोड दिनुपर्ने बताए । उनले नेपाल विपद्का हिसाबले जोखिममा पर्ने मुलुक रहेकाले विभिन्न समयमा आइपर्ने विपद्बाट जोगिन सबैले ध्यान दिनुपर्ने बताए । उनले विकासका लागि अव्यवस्थित तवरले खनिने बाटाहरूको सही व्यवस्था नगरे विपद्का घटनाहरू बढ्दै जाने चिन्ता व्यक्त गरे ।
प्राकृतिक विपत्तिबाट जोगिन पूर्वा अनुमान अनुसार सतर्क रहनुपर्ने प्रमुख जिल्ला अधिकारी हमालको भनाई छ । उनले वेला–वेला बनाइने विपद् प्रतिकार्य योजनाहरू विपद्का वेला प्रयोगमा नआउने गरेकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए । विपद् व्यवस्थापनका लागि तीन तहका सरकारले चनाखो भएर लाग्नुपर्ने प्रमुख जिल्ला अधिकारी हमालको भनाई छ ।
दुई दिने बिपद् प्रतिकार्य सम्बन्धी समापन गोष्ठी कार्यक्रममा बोल्दै रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखका सभापति नर्रजन खत्रीले विपद् व्यवस्थापनका लागि दुई वर्षे रणनीति कार्यशाला गोष्ठीले तयार गरेको बताए । उनले जिल्लामा रेडक्रसले निकट भविश्यमा थप सेवा सुचारु गर्ने बताए ।
बिपद् प्रतिकार्य सम्बन्धी समापन गोष्ठीमा नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका डाइरेक्टर सन्दीप मगर र जिल्ला कार्यक्रम अधिकृत यामराज खड्का लगायतको उपस्थिति रहेको थियो । समापन कार्यक्रमको सहजीकरण रेडक्रस सोसाइटिका अभिषेक ओझाले गरेका थिए ।
दुई दिने कार्यशाला गोष्ठीमा विपद्को समयमा त्यसको समाधानका लागि विभिन्न योजनाहरू निर्माण गरिएको कार्यक्रमका सहभागीहरूले बताए । पूर्व तयारी कार्यशाला गोष्ठीमा विपद्बाट आम नागरिकलाई जोगाउनका लागि निर्माण गरिएको कार्य योजना फलदायी हुने कार्यक्रमका सहभागीले जनाएका छन् ।











